एशियन लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सबीच सेवा आदान प्रदान सम्झौता

May 14, 2019 Merolagani

एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा सम्बन्धी सेवा जानकी फाइनान्समा पाइने भएको छ ।जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्य अनुरुप एशियन लाईफ ईन्स्योरेन्स र जानकी फाइनान्सबीच “जीवन बीमा सेवा” सम्बन्धी सम्झौता भएको हो ।

त्यस अनुसार जानकी फाइनान्सको सबै शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरु खरिद गर्न तथा अन्य सुविधाहरु प्राप्त गर्न सकिनेछ । 

सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र जानकी फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिश कुमार सिंहले हस्ताक्षार गरेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।