नेपाल राष्ट्र बैंकले तीन महिना भित्र मर्जरमा जान दिएको निर्देशन अनुसार हकप्रद निष्काशन गर्न नसकिने भएपछि खारेजी प्रकृयामा लैजाने पत्रकारसम्मेलनमा जानकारी दिइएको हो।
तीन वटै लघुवित्त कम्पनीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नागबेली लघुवित्तका अध्यक्ष दीपबहादुर श्रेष्ठले मर्जरपछि बन्ने संस्थाका नामबाट हकप्रद शेयर निष्काशन गरिने बताए।
मिर्मिरेले ५० प्रतिशत, किसानले शतप्रतिशत र नागबेली लघुवित्तले २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रकृया अघि बढाएका थिए। तर राष्ट्र बैंकको नीतिलाई सघाउन भन्दै अहिले हकप्रद निष्काशन गनरिने बताएका हुन्।
राष्ट्र बैंकको नीतिलाई सघाउन धितोपत्र बोर्डले आफुहरुलाई सहयोग गर्ने तीनवटै लघुवित्तका अध्यक्षहरुको अपेक्षा थियो।
शेयर आदानप्रदान अनुपातका विषयमा डिडिए प्रतिवेदन अनुसार जाने सहमति भएको पत्रकारसम्मेलनमा जानकारी दिइयो।
मर्जर पछि बन्ने संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था रहने छ भने लघुवित्तको लोगो, कर्पोरेट कलर तथा केन्द्रीय कार्यालय मिर्मिरे माइक्रोफाइनान्सको बनेपामा र संस्थामा नागबेलीका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृत हुनेछन्। मिर्मिरे माइक्रोफाइनान्सका अध्यक्ष टेकबहादुर बोहरा मर्जर पनि बन्ने किसान लघुवित्तको अध्यक्ष बन्नेछन् ।
तीनवटै लघुवित्तको गरी १४४ शाखा सञलनमा छन्। मर्जर पछि मेचीदेखि महाकालीसम्म एउटै संस्थाको व्यापक सञ्जालबाट सेवा प्रवाह गर्ने किसान माइक्रोफाइनान्सका अध्यक्ष नेत्रप्रसाद जोशीले बताए ।
मर्जरमा जाने सम्झौता भएसँगै तीनवटै लघुवित्त कम्पनीहरुको शेयर कारोबार मंगलबारदेखि रोक्का गरिएको छ ।