गुराँस लाइफको हकप्रदमा भर्ने बुधबार अन्तिम मौका, छुट्नुभयो कि !

May 15, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को ५० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने जेठ १ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २८ देखि २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियोे।

हकप्रदमा बुधबार कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ । धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर र हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यलय नयाँ बानेश्वर मार्फत पनि आवेदन दिन सकिनेछ।

यसैगरि लक्ष्मी बैंकको शाखा कार्यालयहरू महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुर, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटाबाट पनि हकप्रदमा आवेदन गर्न सकिनेछ ।

यस हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन्।

हाल यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजीको ५० प्रतिशत बराबरको २९ करोड७० लाख रुपैयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ।

बीमा समितिले तोकेको न्यूनतम एक अर्ब पूँजी कायम गर्न कम्पनीले ११ करोड थप पूँजी विस्ता गर्नुपर्ने हुन्छ । 

गुराँस लाइफ इन्स्योरेन्सको शेयर बैशाख ३१ गते मंगलबार प्रतिकित्ता ५७५ रुपैयाँमा कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।