लगानीको वैकल्पिक अवसर: जेठ ९ देखि सिटिजन्स म्युचुअल फण्ड–२ को बिक्री खुल्दै

May 15, 2019 Merolagani

पूँजी बजारका लगानीकर्तालाई आईपिओ र हकप्रद र लिलामी शेयर पश्चात जेठ ९ गतेदेखि सामूहिक लगानीक कोषको इकाईमा लगानी गर्नै अवसर खुला हुने भएको छ।

सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले जेठ ९ गते बिहीबार देखि सात बर्ष अवधिको एक अर्ब रुपैयाँ बराबरको सामूहिक लगानी कोषको इकाई सार्वजनिक बिक्रीमा ल्याउने भएको हो।

सिबिआईएल क्यापिटलले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा दश करोड इकाई निष्काशन गर्नेछ।

निष्काशित दश करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंंक इन्टरनेसनललाई छुट्टाइएको छ। बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन्।

यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम दुई करोड इकाई अर्थात २० करोड रुपैयाँसम्मको आवेदन गर्न सकिने व्यवस्थापक सिबिआईएल क्यापिटले जनाएको गरेको छ ।

यस म्युचुअल फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

फण्डको बिक्री छिटोमा जेठ १३ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने असार ८ गतेसम्म खुला रहने बिक्री प्रबन्धक सि बि आई एल क्यापिटलले जनाएको छ ।

सिबिआईएल क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यो दोस्रो योजना हो । क्यापिटलको ८२ करोड आकारमा सञ्चालित पहिलो योजना सिटिजन्स म्युचुअल फण्ड–१ हाल दोस्रो बजार प्रतिइकाई १० रुपैयाँ ७८ पैसामा कारोबार भईरहेको छ ।

हालसम्म १३ वटा सामूहिक लगानी कोषको इकाई सञ्चालनमा रहेको छ । हाल एक अर्ब २० करोड आकारको नबिल ब्यालेन्ड फण्ड २ बिक्रीमा रहेको छ भने एनआईबिएल एस क्यापिटलाई ५० करोडको खुलामुखी फण्डको इकाई जारी गर्न धितोपत्र बोर्डले अनुमति दिइसकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।