तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आह्वान

May 15, 2019 Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) ले यहि जेठ २४ गते शुक्रबार आफ्नो २२ औं वार्षिक साधारण सभा गर्ने भएको छ । होटल्सले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे डाकेको भएको हो ।

साधारण सभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत  बराबरको २२ करोड ८३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

होटल्सले साधारण सभा प्रयोजनका लागि जेठ ३ गते शुक्रबार देखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार जेठ २ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउनुका साथै होटल्सलो वितरण गर्ने लाभांश पाउनेछन्।

चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड , जगेडा कोष ६३ करोड ५० लाख र खुद नाफा २१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।