सनराइज बैंक र बैंक अफ चाइना,गान्सुबीच रणनीतिक साझेदारी

May 15, 2019 Merolagani

सनराइज बैंक र बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाउने सहमति भएको हो ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरु बीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने बैंकले जनाएको छ ।

सनराइज बैंकले यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

साथै, दुई बैंक बिच आपसि कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि बनाउने समेत सहमति भएको छ ।

चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान र कृृषिमन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको समेत उपस्थितिमा सम्झौता भएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।