एनसीसी बैंकलाई लाभांश बाँड्ने बाटो खुलेपछि सबैभन्दा उच्च शेयर कारोबार

May 15, 2019 Merolagani

उच्च अदालत पाटनले एनसीसी बैंक (NCCB)  विरुद्ध एनबी ग्रुपले हालेका आधादर्जन मुद्धा खारेज गरेर लाभांश बाड्ने बाटो खोलिदिएपछि शेयर लगानीकर्ताको आर्कषण देखिएको छ । बुधबारको बजारमा एनसीसी बैंकको सबैभन्दा धेरै शेयर किनबेच भयो ।

मंगलबार उच्च अदालत पाटनले एनसीसी बैंकका विरुद्ध परेका मुद्धा खारेज गर्दे लाभांश वितरणको बाटो खोलिदिएको थियो । बैंकले आउँदो असारभित्र यस अघि अवरुद्ध भएका साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने आशमा लगानीकर्ता बैंकको शेयरमा झुम्मिएका  हुन ।

बुधबारको बजारमा एनसीसी बैंकको ५ लाख ६२ हजार ७८६ कित्ता शेयर किनबेच भएको छ । यो बैंकको मात्रै १४ करोड ८२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बैंकको कारोबार प्रतिकित्ता २५९ रुपैयाँका दरले खुलेको थियो । कारोबार जारी रहदा बैंकको शेयर मूल्य बढेर प्रतिकिक्ता २७१ रुपैयाँसम्म पुगेको थियो। तर बजार बन्द हुने समयमा घटेर २५९ रुपैयाँ नै कायम भएको छ ।

बैंकले मुद्दाका कारण २० र २१ औं साधारणसभा गर्न सकेको छैन । दुई वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्तावसहित लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा बुझाएको छ । केन्द्रीय बैंकले स्वीकृति दिएपछि बैंकले लाभांश वितरण गर्नेछ ।

बैंकले दुई आर्थिक वर्षको बोनस वितरणपछि पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । अहिले बैंकको चुक्तापूँजी ७ अर्ब एक करोड छ ।

न्यूनतम चुक्तापूँजी कायम गर्न पनि बैंकले कम्तिमा १२ प्रतिशत बोनस बाड्नुपर्ने हुन्छ । दुई आर्थिक वर्षको लाभांश वितरण बाँकी रहेको र राष्ट्र यो बैंकलाई नगद बाड्न नदिने भएपछि बैंकले २० प्रतिशत भन्दा बढी बोनस बाड्न सक्ने आँकलन गरिएको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा एक अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने ८३ करोड ९९ लाख लाभांश क्षमता कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।