एक अर्ब ३३ करोडको शेयर किनबेच, नेप्सेमा सुधार हुँदा समूहगत सूचक मिश्रित

May 15, 2019 Merolagani

शेयर बजारका लगानीकर्ताले शेयर किनबेचको क्रम बढाउँदा कारोबारमा उत्साह देखिएको छ भने सूचकमा समेत सुधार आएको छ । बुधबार साढे ५ अंकले उकालो लागेको बजारमा एक अर्ब ३३ करोड बढीको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत अधिकांस कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सुधारउन्मुख प्रस्तुत गरेकाले पनि शेयर कारोबारमा उत्साह देखिएको हो ।

यसदिन एनसीसी बैंक, नेपाल बैंक र शिवम सिमेन्टको मात्रै १३ करोड बढीका दरले शेयर किनबेच भएको छ ।

नेप्से सूचक साढे पाँच अंक बढेको बजारमा समूहगत सूचक मिश्रित देखिएका छन् । बुधबार नेप्से सूचक ५.५५ अंकले सुधार भएको बजारमा अघिल्लो दिनको तुलनामा ३० करोड बढीको शेयर किनबेच भयो ।

यस दिन नेप्से ५.५५ अंकले बढेर १३२१ विन्दुमा पुगेको छ । १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर खरिदबिक्री भएर एक अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार एक अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार करोबारमा आएका १२ उपसमुहहरु मिश्रत देखिएका छन् । ६ समुहको सूचक सकारात्मक बन्दा ६ समुहकै सूचक नकारात्मक बने । विकास बैंकको सूचक सबै भन्दा धेरै २५.९९ अंकले सुधार भएको छ । यस्तै व्यापार १०.५६, वाणज्य बैंक ९.८६, अन्य ८.१२, फाइनान्स १.९५ र माइक्रोफाइनान्स ०.१३ अंकले सकारात्मक भएका छन् ।

यता उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ५९.७४ अंकले ओरालो लागेको छ । यस्तै निर्जीवन बीमा ३८.४९, होटल ३४.१९, जीवन बीमा १७.८४, हाइड्रोपावर ७.२६, म्युचुअल फण्डको सूचक ०.०४ अंकले नकारात्मक बने ।

बुधबार एनसीसी बैंकको शेयर अधिक मात्रामा कारोबार भएको छ । बैंकलाई लाभांश वितरण गर्नको लागि अदालतले बाटो खुलाएपछि लगानीकर्ताको चाप बैंकको शेयरमा बढेको हो ।

एनसीसी बैंकको मात्रै १४ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंकको १३ करोड २४ लाख, शिवम् सिमेन्टको १३ करोड ९ लाख, कृषि विकास बैंकको ५ करोड ७६ लाख, एनटीसीको ५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्राइम कर्मशियल बैंक, हिमालयन बैंक, एनएमबी बैंकको शेयर पनि ३ करोड रुपैयाँ भन्दा बढीको करोबार भयो ।

बुधबार नेपाल कम्युनीटि डेभपलमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ७.९७ प्रतिशतले बढेको छ । विशाल बजार कम्पनीको शेयरधनीले ७.७९, ग्रिन डेभलपमेन्ट बैंकको ६.७३, रिलायन्स फाइनान्सको शेयरधनीले ६.६१ प्रतिशतले कमाएका छन् ।

यस्तै कृषि विकास बैंक, कन्चन डेभलपमेन्ट बैंक, एचआईडीसीएल, एभरेष्ट बैंकको संस्थापक शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

यता हिमालयन डिस्टिलरीको शेयरमूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्दा ग्लोवल आईएमई लघुवित्तको शेयरधनीले ५.५२ प्रतिशतले गुमाएका छन् ।

यस्तै शिवम सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्तको शेयरधनीहरुले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।