क्लियरिङ्ग हाउसको अनलाईन भुक्तानी प्रणाली कनेक्ट आईपिएसमा ग्राहकहरुले आफ्नो बैंक खाता लिङ्क गराउँदा प्रत्येक प्रयोगकर्ताले लिङ्क गराएको बैंक खातामा एक सय रुपैयाँ पाउनेछन्।
यो अफर सीमित अवधिका लागि हुने र एक युजर आईडिमा लिङ्क गरिएको कुनै एक बैंक खाताका लागि मान्य हुने क्लियरिङ्ग हाउसले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकले सर्वप्रथम इनरोल अन्तर्गत डब्लु डब्लु डट कनेक्ट आईपिएस डट कममा गई तोकिएका मोवाईल नम्बर र इमेल ठेगाना लगायतका विवरणहरु भरी कनेक्ट आईपिएसमा युजर रजिष्ट्रर तथा भेरिफिकेशन पश्चात ग्राहकले ३० रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरि लिङ्क एण्ड भेरिफाई अन्तर्गत युजर भेरिफाई पश्चात कनेन्ट आईपिएस युजरमा बैंक खाता लिङ्क गराई आबद्ध भएपश्चात ग्राहकहरुले आफ्नो बैंक खातामा थप ७० रुपैयाँ गरि कूल एक सय रुपैयाँ प्राप्त गर्न सक्नेछन्।
कनेक्ट आइपिएसमार्फत घर तथा अफिसमै बसेर अनलाईनबाट नेपाल सरकारको राजस्व भुक्तानी, बीमा प्रिमियम, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड रकम ट्रान्सफर तथा मेरो शेयर, डिम्याट, शेयर ब्रोकरको भुक्तानी तथा आफ्नो बैंक खाताबाट जुनसुकै बैकको अर्को खातामा कारोबार गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा ४७ वटा र एनसीएचएल आईपिएस प्रणालीमा ७९ सदस्य बैंकहरु र एनसिएचएल इसीसीमा ८० वटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भैसकेका छन्।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आईएमई र जीएम ई रेमिटेन्सबाट एनसीएचएल आईपिएस र कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीहरु मार्फत सिधै बैंक खातामा रेमिटेन्स जम्मा हुने गरि रियल टाइममा तुरुन्तै भुक्तानी कारोबारको थालनी समेत गरिसकेको छ।