छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश पारित

May 15, 2019 Merolagani

छिमेक लघुवित्तको १७ औ वार्षिक साधारण सभाबाट ४० प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायतको विषयमा छलफल गरी पारित गरेको छ ।

त्यस अवसरमा वित्तीय संस्थाकी संस्थापक अध्यक्ष भुवनेश्वरी पन्तलाई संस्थाको तर्फबाट सम्मान समेत गरेको छ ।

छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चैत सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा, प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा, र मूल्य आम्दानी अनुपात १०.५३ गुणा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।