यस्तो छ २८ वटा वाणिज्य बैंकको अवस्था, सिभिल बैंक सबैभन्दा पछाडि

May 15, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरणका आधारमा हेर्दा वाणिज्य बैंकहरुमा तिब्र प्रतिष्पर्धा देखिएको छ । एकै पटक चार गूणाले पूँजी बढाए पछि सोही अनुसार व्यवसाय बिस्तार गर्दै लगानीकर्तालाई खुसी बनाउनु पर्ने बाध्यता बैंकहरुमा देखिएको छ । 

तरलता सहज नभएका कारण बैंकहरु चाहेर पनि सिमित मात्रामा व्यवसाय गर्दा पनि बैंकहरुले पस्किएको नतिजा यस्तो छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने वाणिज्य बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सबैभन्दा थोरै खुद नाफा कमाउने सिभिल बैंकले ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी नबिल बैंकले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २ अर्बभन्दा धेरै खुद नाफा आर्जन गर्ने बैंकको संख्या ६ वटा छ भने १८ वटा बैंकले एक अर्ब भन्दा धेरै खुद नाफा कमाएका छन् । सेञ्चुरी बैंक र सिभिल बैंकले भने एक अर्बको आँकडा पार गर्न सकेनन् ।

 

राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ७ अर्ब ३८ करोड खुद ब्याज आम्दानी गरेको छ भने सिभिल बैंकले सबैभन्दा थोरै एक अर्ब ५७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

यसैगरी ८ वटा बैंकले एक खर्बभन्दा धेरै रकम कर्जा परिचालन गरेका छन् । सबैभन्दा धेरै कर्जा परिचालन गर्ने बैंकका रुपमा एनआईसी एसिया बैंक छ भने सबैभन्दा कम सिभिल बैंकको छ । एनआईसी एसियाले एक खर्ब ४१ अर्ब कर्जा परिचालन गरेको छ भने सिभिल बैंकले ४१ अर्ब ४१ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

 

राष्ट्रिय वाणिज्य बैकले सबैभन्दा धेरै एक खर्ब ७२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । अरु १२ वटा वाणिज्य बैंकले एक खर्बभन्दा धेरै निक्षेप संकलन गरेका छन् । सबैभन्दा कम निक्षेप संकलन गरेको सिभिल बैंकले ३९ अर्ब ९२ करोड रुपैयाँ बराबरको निक्षेप  छ ।

यसैगरी सबैभन्दा धेरै चुक्ता पूँजी नेपाल इन्भेष्टमेन्ट बैंकको छ । बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड रुपैयाँ छ भने सबैभन्दा कम एनसीसी बैंकको ७ अर्ब एक करोड रुपैयाँ छ ।

नेपाल बैंककले जगेडा कोषमा सबैभन्दा धेरै २० अर्ब ६ अर्ब रुपैयाँ बराबरको रकम सञ्चित छ भने सिभिल बैंकको सबैभन्दा कम २ अर्ब २० लाख रुपैयाँ सञ्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।