तारागाउँ रिजेन्सी अर्थात होटल हायातको यस्तो कमजोरीले लगानीकर्ता अन्यौलमा, शेयर कारोबार रोकियो

May 15, 2019 Merolagani

सर्वसाधारणमा शेयर जारी गरेर तिनै लगानीकर्तालाई बेवास्ता गर्ने कम्पनीहरुको सूचीमा तारागाउँ रिजेन्सी अर्थात होटल हायात (TRH) पनि थपिएको छ । यस अघि नै जग्गा कब्जा गरेको विषयमा विवादमा रहेको तारागाउँ रिजेन्सीले साधारण शेयर धारण गर्नेहरुमाथि पनि खेलवाड गरेको छ ।

साधारणतया दोस्रो बजारमा कारोबार हुँदै आएका केही सूचीकृत कम्पनीहरुले नगद लाभांसका माध्यमबाट कमाई अन्यत्र घुमाउने गरेका छन् । हायात अर्थात तारागाउँ रिजेन्सीले पनि नगद लाभांसको बाटो त रोज्यो, तर लोभ धेरै हुँदा र लगानीकर्तालाई महत्वमा नराख्दा कार्वाहीमा परेको छ ।

गत पुस ३० गते रिजेन्सी सञ्चालक समितिको बैठकले १२.६३१ प्रतिशत नगद लाभांस बितरण गर्ने निर्णय गर्यो । साधारण सभाको मिति सार्वजनिक गर्ने क्रममा तारागाउँले यति बठ्याई अपनाउन खोज्यो कि आफ्नै शेयरधनीलाई गुम्राहमा पार्ने योजना अघि सर्यो । यसै अनुरुप तारागाउँले ४ महिना पहिले प्रस्ताव गरेको लाभांसका लागि लगानीकर्तालाई २ दिनको मात्र समय दिने गरी शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना सार्वजनिक गर्यो ।

७ दिनको समय दिनै पर्ने प्रष्ट व्यवस्थालाई मिच्दै तारागाउँले गरेको निर्णयलाई नेप्सेले अस्वीकार गरिदियो । साथै उसले हालको व्यवस्थालाई वेवास्ता गर्दै किन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने अवधि छाटो राखिएको हो प्रष्ट जवाफ दिन २४ घण्टे निर्देशन पनि दिएको छ । उक्त अवधिसम्म होटलको शेयर कारोबार पनि रोक्का गरिएको छ ।

दाखिल खारेजी (बुकक्लोज) को सूचनामा होटलले गरेको चलाखीले चैत ३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भनी तारागाउँले गरेको प्रस्ताव बदर हुने देखिएको छ ।

अर्कातिर जेठ २४ गतेका लागि साधारण सभा बोलाएको तारागाउँले हतारो गरेर किन जेठ ३ गतेदेखि नै बुकक्लोज गर्ने तयारी गर्यो भन्ने प्रश्न पनि उब्जिएको छ ।

बुकक्लोजको सूचना कम्तीमा सात दिन अगाडि जानकारी गराउनु पर्ने व्यवस्था भए पनि २ दिनको अवधि मात्र राखेर सूचना प्रवाह गराउनुले पनि लगानीकर्तालाई ससंकित बनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।