उन्नति माइक्रोफाइनान्सको करिब ९ हजार कित्ता लिलामी शेयरमा आवदेन गर्ने आज अन्तिम दिन

May 16, 2019 Merolagani

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था (UMB) ले लिलामीमा राखेको ८ हजार ८९५ कित्ता शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले एक हजार २७८ संस्थापक तथा ७ हजार ६१७ कित्ता साधारण शेयर वैशाख २६ गतेदेखि लिलामीमा राखेको हो।

गत फागुन १३ देखि चैत १७ गतेसम्म कम्पनीले ५ः१ अनुपातमा एक लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा नबिकेको शेयर लिलामीमा आएको हो ।

लिलामी शेयरमा न्यूनतम एक सय रुपैयाँ तोकि बोलकबोलमा आवेदन गर्न सकिनेछ ।

माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । 

गत माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ।

बोनसले हकप्रद नपाउने हुँदा हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैयाँले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।