हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेकिन एक्सप्रेसका बिचमा सम्झौता

May 16, 2019 Merolagani

नेपालको पर्यटन प्रवद्र्धनका लागि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा “एक्स्पेरियन्स नेपाल” अभियान सुरु भएको छ ।

अभियानको मुख्य उद्देश्य नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु अमेरिकन एक्स्प्रेस कार्डका प्रयोगकर्तालाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डवाहक विदेशी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढि मर्चेन्ट पार्टनरहरुबाट बिशेष छुट पाउने बताइएको छ ।

“एक्स्पेरियन्स नेपाल” अभियान सन् २०२० को जुन महिनासम्म सञ्चालन गर्ने बताइएको छ । पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसले आ—आफ्नो तर्फबाट विभिन्न देशहरुमा अभियानको प्रचार, प्रसार र प्रर्वद्धन गर्ने छन् । हिमालयन बैंकले पनि अभियान अवधिभर आफ्नो वेवसाईट, सोसियल मेडियाका माध्यमबाट प्रचार प्रसार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसकी दिव्या जैनले अभियानले नेपालमा पर्यटन प्रवद्र्धनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन्। अभियानले अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने उनले बताइन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण बर्ष २०२० अन्तर्गत पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभुति गराउने उद्देश्य लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नेपाल विदेशी पर्यटक माझ प्रवद्र्धन हुने र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।