नबिल इन्भेष्टले गत बैशाख ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड बराबरको १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको थियो।
निष्काशित १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
एक हजार मै भर्न पाइने
दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाई अर्थात १२ करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन् ।
दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्। उक्त इकाईको बिक्री शुक्रबार कार्यालय समय पश्चात बन्द हुनेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति पाएको थियो।
तेस्रो सामुहिक लगानी कोष बिक्रीमा ल्याएको नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले इकाई बिक्रीको पत्रकार सम्मेलनमा लगानीकर्तालाई निराश नबनाउने बताएका थिए।
नबिल म्युचुअल फण्डको ७ वर्षे योजना नबिल इक्वीटी फण्ड सञ्चालनमा रहेको छ भने पाँच वर्षे अवधिको नबिल ब्यालेन्सड् फण्ड १ २०७४ चैत २९ गते परिपक्व भई फण्डले २०७५ असार २७ गतेदेखि इकाईधनीलाई शतप्रतिशत लाभांश भुक्तानी गरिसकेको छ । नबिल इक्वीटी फण्ड २०८० कार्तिक १८ गते परिपक्क हुनेछ।