प्रभु बैंकको ५६ लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन हुने

May 17, 2019 Merolagani

प्रभु बैंक (PRVU) ले ५६ लाख ११ हजार २७१ कित्ता संस्थापक शेयरलाई साधारणमा परिणत गर्ने भएको छ । बैंकको गत फागुन १९ गते सम्पन्न १७ औं साधारण सभाले ६.३१ प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकमा हाल कायम ६१. ३१ प्रतिशत शेयर संस्थापक तथा ३८.६९ प्रतिशत साधारण शेयर रहेको छ । बैंकले संस्थापक शेयरको ६.३१ प्रतिशत अर्थात ५६ लाख ११ हजार २७१ कित्ता शेयर साधारणमा परिणत गर्नेछ ।

कर्जा सूचना केन्द्रको सूचिमा नपरेका प्रमोटर शेयर होल्डरहरुको शेयर मात्रै साधारणमा परिणत गर्न योग्य मानिने बैंकले जनाएको छ ।

६.३१ प्रतिशत संस्थापक शेयर साधारणमा परिणत गरेपछि बैंकमा संस्थापकको ५५ तथा साधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम हुनेछ ।

यसका लागि बैंकले गएको साधारणसभा बाट जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिसकेको छ ।

हाल बैंकको चुत्तापूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९०० रुपैयाँ छ । गत बर्षको कमाईबाट बैंकले ८ प्रतिशत बोनश शेयर  वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म बैंकले एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा एक अर्ब १४ करोड छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५२ पैसा छ ।

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।