एनआईसी एशिया बैंकको ऋणपत्र सानिमा क्यापिटल मार्फत निष्काशन हुने

May 17, 2019 Merolagani

एनआईसी एशिया बैंक (NICA) को ऋणपत्र सानिमा क्यापिटल मार्फत निष्काशन हुने भएको छ। ऋणपत्र निष्काशन गर्न बैंकले सानिमा क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकले एक हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। चार अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।

सात वर्षको अवधिमा परिपक्व हुने “एनआई सी एशिया ऋणपत्र २०८३/८४” ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ। प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।