जनसेवी लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने, कतिले पाउँछन् ?

May 17, 2019 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) को आईपिओ जेठ ६ गते सोमबार बाँडफाँड बाँडफाँड हुने भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धकएनएमबि क्यापिटलले सोमबार शेयर बाँडफाँड हुने जानकारी दिएको हो।

कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो।

सो आईपिओमा १४.२८ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धकका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ ४३ हजार २९९ जना आवेदकले मात्र आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १३ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८७ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ।


comments powered by Disqus

हिमाल दोलखाको आईपीओ बाँडफाँड, निष्काशित सबै शेयर बिक्री नहुँदा चार प्रत्याभूतिकर्ताको थाप्लोमा

Aug 22, 2019 07:57 PM

हिमाल दोलखा हाइड्रोपावर (HIMAL) ले निष्काशन गरेको साधारण शेयर बिहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। आईपीओमा आवेदन गरेका सबै लगानीकर्ताले माग अनुसारको नै शेयर प्राप्त गरेका छन् भने निष्काशित सबै शेयर बिक्री नहुँदा चार प्रत्याभूतिकर्ताले बाँकी शेयर सकार्नुपर्ने अवस्था आएको छ ।