क्यान्सर सहित ३५ घातक रोग विरुद्ध ज्योति लाइफले ५० लाख सम्मको सुरक्षा प्रदान गर्ने

May 17, 2019 Merolagani

ज्योति लाइफ इन्स्योरेन्सले क्यान्सर सहित ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने भएको छ । यस अघि ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा सहितको सुबिधा दिदै आएको इन्स्योरेन्सले शुक्रबार एक कार्यक्रम आयोजना गरि थप योजना सार्वजनिक गरेका हो ।

यस योजना अन्र्तगत क्यानसर लगायत ३५ वटा घाटतक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा योजना सार्वजनिक गरेको हो । कम्पनीका व्यवसायिक सद्भावना दु्रत तथा कलाकार राजेश हमाल र कम्पनीका संचालक समिति अध्यक्ष नन्द किशोरले संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।

यो योजना इन्स्योरेन्सले हाल प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरुसंग ऐच्छिक सुविधाको रुपमा लिन सकिने इन्स्योरेन्सले जनाएको छ । न्युनतम १८ वर्ष देखि ५५ वर्ष सम्मका व्यतिmहरुलाई यस योजनाले समेटिनेछ भने अधिकतम बीमा अवधि २० वर्ष तोकिएको छ ।

यस्ता घातक रोग विरुद्ध लढ्न ‘इच्छा शक्ति, आर्थिक तयारी र उत्कृष्ट उपचार’ जस्ता तीन अस्त्रको आवश्यकता हुने इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाश बिक्रम खत्रीले बताए ।

उपप्रमुख प्रकाश खत्रीका अनुसार यो योजनाले कुनै पनि नेपालीको घातक रोगको कारण समयमा उपचार हुनै नपाई अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततिहरुलाई समेत समस्या नपरोस भनेर कम्पनीले पूर्ण आर्थिक सुरक्षा सहितको योजना ल्याएको जानकारी गराए ।

कम्पनीले नेपालमै पहिलो र सर्वधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने दाबी गरेको छ । यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले शुरुवात देखि नै सबै नेपालीहरुलाई जीवन बीमा मार्फत आर्थिक सुरक्षा तथा सुनिश्चित भविष्यको लागि विभिन्न नयाँ योजनाहरु जारी गर्दै आएको बताए । संचालनको छोटो अवधिमा उल्लेख्य उपलब्धी हासिल गर्न सकेको बताउदैं आगामी दिनमा अझ आकर्षक तथा प्रतिफलमूलक बीमा योजनाहरु जारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।