लक्ष्मी लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न

May 19, 2019 Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले १४ वटा शाखाका २८ जना कर्मचारीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ ।

लघुवित्तले जेष्ठ २ देखि ४ गतेसम्म ३ दिन झापाको विर्तामोडमा तालिम सञ्चालन गरेको थियो । लघुवित्तमा कर्जा, बचतको अतिरिक्त ग्राहकहरु माझ वित्तीय साक्षरताको आवश्यकतालाई मध्यनजर गर्दै यस संस्थाका कर्मचारीहरु मार्फत ग्राहकहरुलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्धेश्यले कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको लघुवित्तले जनाएको छ ।

वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा प्रकाश कोइरालाले सहजकर्ताको रुपमा भूमिका निर्वाह गरेका थिए। साथै, उक्त कार्यक्रममा संस्थाका सञ्चालन तथा प्रशासन विभाग प्रमुख तथा व्यवसाय प्रवद्र्धन अधिकृतको समेत उपस्थिती रहेको थियो।

संस्थाले बैशाख मसान्त २०७६ सम्ममा ५१ वटा जिल्लामा ६६ शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै ७७ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट १ अर्व २१ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५१ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ ।

लक्ष्मी लघुवित्त लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित कम्पनी हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।