ट्रम्पले धातुमाथि लगाइएको शुल्क हटाए, अटोमोबाइल आयात शुल्कमा यस्तो निर्णय

May 19, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने धातुहरु (स्टील, आल्मुनियम) मा लगाइएको शुल्क हटाउने निर्णय गरेका छन् । बदलामा अमेरिकी किसानहरुले यि देशमा पोर्क, चीज र दुधजन्य व्यवसायका लागि दण्डस्वरुप कर दिन नपर्ने सम्झौता गरिएको बताइएको छ ।

यसका साथै ट्रम्पले यूरोप, जापान तथा अन्य देशहरुबाट आयातित अटोमोबाइल (कार र पूर्जा) माथि शुल्क लगाउनका लागि ६ महिनासम्म निर्णय पछि सार्नका लागि पनि सहमति जनाएका छन् ।

यि दुवै कामहरु विश्वव्यापी व्यापार युद्धको खतरालाई अन्त्य गर्ने दिशामा एउटा महत्वपूर्ण कदम मानिएको छ । यसपछि अब ट्रम्पले आफ्नो पूरै ध्यान चीनमाथि केन्द्रित गर्न सक्ने बताइएको छ ।

गत वर्ष राष्ट्रिय सुरक्षाको कारण देखाउदै ट्रम्पले केही देशबाट आयात हुने धातुहरुमा भारी शुल्क लगाएका थिए ।

अमेरिका र क्यानडाले आफ्नो संयुक्त बयानमा स्टीलमा लगाइएको २५ प्रतिशत र आल्मुनियममा लगाइएको १० प्रतिशत आयात शुल्क ४८ घण्टाभित्र समाप्त हुने बताएका छन् ।

यद्यपी ट्रम्पले यूरोपिय देशबाट आयात हुने स्टील र आल्मुनियममाथि लगाइएको आयात शुल्क भने हटाएका छैनन । तर कार र कारको पूर्जामाथि लाग्ने आयात शुल्क भने ६ महिनाका लागि स्थगित गरिदिएका छन् । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।