फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजी १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।
यस्तै त्यस आव २०७४/०७५ को मुनाफाबाट बोनसपछि कायम चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँको २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ नगद लाभांश समेत पारित गर्न तयारी गरेको छ।
साधारण सभाबाट १०ः४.५ प्रतिशत हकप्रद शेयर बिक्री र बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँ कायम हुनेगरी प्रबन्धपत्र संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ।
यस्तै कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा विलय (एक्वीजिसन) गर्न डिडिए गर्न, नियमक निकायबात स्वीकृत लिन तथा सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ।
यसैगरी साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ प्रतिनिधित्व गर्ने गरी ६ जना संचालकको चयन गर्नेछ।
साधारण सभा प्रयोजनको लागि फाइनान्सले जेठ १३ गते देखि २७ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । त्यस अनुसार जेठ १२ गते सम्म कायम शेयरधनीले मात्रै फाइनान्सको लाभांश पाउनेछन् ।