जीवन बीमा कम्पनीमा नेपाल लाइफको अग्रता कायमै, अन्यको यस्तो छ प्रगति

May 20, 2019 Merolagani

जीवन बीमा कम्पनीहरुको बीचमा नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा आफ्नो अग्रता कायमै राखेको छ। यस अघि पनि निरन्तर आफ्नो व्यवसायको आकारलाई विस्तार गर्दै अब्बल रहेको कम्पनीले आफ्नो साख कायमै राखेको हो।

बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष र चुक्ता पूँजीमा नेपाल लाइफको अग्रता छ। ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफले अन्य इन्डिकेटरमा पनि आफुलाई अब्बल सावित गरेको छ ।

यस अवधि सम्ममा नेपाल लाइफ र नेशनल लाइफको मात्रै बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी २ अर्ब भन्दा माथि पुर्याएएका छन्।  नेशनल लाइफले पनि चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुर्याएको छ  भने सबैभन्दा कम चुक्ता पूँजी गुराँस लाइफ इन्स्योरेन्सको ६४ करोड रुपैयाँ छ ।

खुद बीमा शुल्कमा नेपाल लाइफको मात्रै ४२ प्रतिशत योगदान

नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ३५ अर्ब ८८ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। त्यसमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १५ अर्ब १९ करोड रुपैयाँ योगदान छ। यो कुल खुद बीमा शुल्कको ४२.३३ प्रतिशत हो।

यस्तै एलआइसी नेपालले ८ अर्ब ७९ करोड रुपैयाँ, नेशनल लाइफले ४ अर्ब ७६ करोड, एशियन लाइफले २ अर्ब ६५ करोड, प्राइम लाइफले एक अर्ब ८७ करोड रुपैयाँ र सुर्या लाइफले १ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।

सबैभन्दा कम खुद बीमा शुल्क संकलन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँसले चालुृ आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १२ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ।

सात कम्पनीको खुद नाफा ७९ करोड २१ लाख

सात जीवन बीमा कम्पनीहरुले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जस मध्ये सबै भन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स छ । नेपाल लाइफले यस अवधिमा ७० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले ४२ करोड ५ लाख, प्राइम लाइफले २६ करोड ४६ लाख, एशियन लाइफले २२ करोड ६८ लाख, सुर्या लाइफले २० करोड ९२ लाख, एलआइसी नेपालले १८ करोड ८० लाख कमाएका छन्।

यस्तै गुराँस लाइफले सबै भन्दा कम ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

जगेडा र जीवन बीमा कोष

नेपाल लाइफको जगेडा र जीवन बीमा कोषमा पनि सबैभन्दा धेरै रकम सञ्चित छ। नेपाल लाइफको जगेडा कोषमा ५ अर्ब ६१ करोड र जीवन बीमा कोषमा ५९ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै गुराँस लाइफको जगेडा कोषमा सबैभन्दा कम २३ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा सूर्या लाइफको सबैभन्दा थोरै ४ अर्ब ६४ करोड रुपैयाँसञ्चित छ ।

प्रतिशेयर आम्दानीमा सूर्या लाइफको अग्रता

सूर्या लाइफ इन्स्योरेन्स प्रतिशेयर आम्दानीका आधारमा भने शिर्ष स्थानमा छ । सूर्या लाइफको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १५ पैसा छ ।

यस्तै नेपाल लाइफको १४ रुपैयाँ १७ पैसा, नेशनल लाइफको १३ रुपैयाँ ५६ पैसा, प्राइम लाइफको १२ रुपैइाँ २३ पैसा, गुराँस लाइफको ११ रुपैयाँ ७६ पैसा, र एलआइसी नेपालको ७ रुपैयाँ १७ पैसा प्रतिशेयर आम्दानी कायम छ।

सबैभन्दा कम एशियन लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १५ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।