कारोबार रकमको साथ रहेपनि झर्यो बजार, साना कम्पनीको मूल्य बढ्दा शिवम र नेपाल बैंकको उच्च कारोबार

May 20, 2019 Merolagani

शेयर बजार पछिल्लो तीन दिन लगातार घटेको छ । तीन कारोबार दिनमा बजार करिब १४ अंक ओरालो लागेपनि कारोबार रकमले भने साथ दिएको छ ।

ठूला कम्पनीहरुको उच्च कारोबार भएको बजारमा साना कम्पनीहरुको शेयरको माग बढ्न थालेको छ । जसले गर्दा शेयर मूल्य बढ्ने दश कम्पनीको सूचीमा साना कम्पनीहरु अगाडि देखिएका छन् । सोमबारको बजारमा पाँच साना कम्पनीको शेयर मूल्य नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

नेप्से परिसूचक गत साताको बिहीबार २.२९ अंक, आइतबार १.८७ अंकले ओरालो लागेको थियो । सोमबार ९.१३ अंकले ओरालो लागेर १३०७.७१ बिन्दुमा झरेको छ । बजार झरेपनि कारोबार रकममा भने कुनै असर देखिएन् ।

यस दिन कारोबारमा आएका १७२ कम्पनीका ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड ५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो । आज पनि उच्च कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट र नेपाल बैंक नै अग्रस्थानमा रहेका छन् । शिवमको २५ करोड बढीको कारोबार हुँदा नेपाल बैंकको पनि २३ करोड बढीको शेयर किनबेच भएको छ ।

यसदिन कारोबारमा आएका ११ उपसमूह मध्ये ९ वटा समूहको सूचक ऋणात्मक भएका छन भने दुई उपसमूहको सूचक सकारात्मक भएका छन् ।

सोमबार र्निजीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ११९.२५ अंकले घटेको छ । जीवन बीमा ८५.४४, उत्पादन तथा प्रशोधन ५२.६९, विकास बैंक २०.३५, वित्त १९.९६, लघुवित्त १६.८२, बैंकिङ्ग ७.२७, होटल ४.५८ र म्युचुअल फण्ड उप समूहको सूचक ०.१९ अंकले ओरालो लागेको छ ।

 

सोमबार शिवम सिमेन्ट र नेपाल बैंकको उच्च कारोबार भएको छ । कारोबार रकमको आधारमा शिवम सिमेन्टको ३ लाख ९९ हजार १७१ कित्ता शेयर २५ करोड २१ लाख रुपैयाँ किनबेच । शेयर संख्याको आधारमा नेपाल बैंकको ६ लाख ७७ हजार ९८७ कित्ता शेयर २३ करोड २१ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

ठूला कम्पनीबाट राम्रो आम्दानी गरे पश्चात लगानीकर्ताहरु साना कम्पनीको शेयरमा तानिएका छन् । यस दिन साना कम्पनीको शेयरमा लगानीकर्ताको चाप बढेको देखिन्छ । जसले गर्दा साना कम्पनीको शेयर मूल्य बढेको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, सिन्धु विकास बैंक, बेष्ट फाइनान्स र सर्पोट माइक्रोफाइनान्सको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।


यता पाचथर पावर कम्पनीको सबै भन्दा धेरै अर्थात ७.७६ प्रतिशतले घटेको छ । मिथिला लघुवित्त ७.२५, सिभम् सिमेन्ट ५.४० र रिडि हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५.५ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।