लक्ष्मी उन्नती कोष संचालनमा ल्याउने, लक्ष्मी क्यापिटल पुग्याे धिताेपत्र बाेर्ड

May 20, 2019 Merolagani

लक्ष्मी क्यापिटलले म्युचुअल फण्ड अन्तर्गत ‘लक्ष्मी उन्नती कोष’ संचालनमा ल्याउने भएको छ । कोष संचालनको लागि लक्ष्मी क्यापिटलले बैशाख ३० गते धितोपत्र बोर्डमा अनुमति मागेको हो ।

क्यापिटलले लक्ष्मी उन्नती कोष अन्तर्गत ८ करोड इकाई १० रूपैयाँको दरले ८० करोड रूपैयाँ बराबरको कोष संचालन गर्न अनुमति मागेको हो । 

कोष संचालन तथा बिक्री प्रबन्धकको काम गर्न लक्ष्मी क्यापिटललाई जिम्मेबारी तोकिएको छ ।

लक्ष्मी क्यापिटल अन्तर्गतलक्ष्मी भ्यालु फण्ड र लक्ष्मी इक्वीटी फण्ड संचालनमा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।