सारथी र सत्यवती लघुवित्त मर्जरमा जाने

May 21, 2019 Merolagani

तनहूँमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त र कपिलवस्तुको सत्यवती लघुवित्त मर्जरमा जाने भएका छन् । सत्यवति लघुवित्तको तर्फवाट अध्यक्ष कमल प्रसाद ज्ञवाली र सारथी लघुवित्तका तर्फबाट अध्यक्ष लोकवहादुर खड्काले मर्जरसम्वन्धि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरपछि लघुवित्तको नाम सारथी लघुवित्त रहने छ ।

मर्जरपछि एकीकृत संस्थाको चुक्ता पूँजी करीव १६ करोड, कर्जा करिब सवा अर्व, बचत पच्चीस करोड, पच्चीस हजार सदस्य र सैंतिसवटा शाखा कार्यालय हुने बताइएको छ । सत्यवतीले प्रदेश नम्वर पाँचमा र सारथीले प्रदेश नम्वर पाँच, दुई तीन र चारमा सेवा गर्दै आएका छन् ।

मर्जरपछि लघुवित्तको अध्यक्ष सत्यवती लघुवित्तले र प्रमुख कार्यकारी अधिकृत सारथी लघुवित्तले पाउने भएका छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।