युनाइटेड इन्स्योरेन्सको हकप्रदलाई ‘ग्रेड ४ रेटिङ्ग

May 21, 2019 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले निष्काशन गर्न लागेको २४० प्रतिशत हकप्रदले क्रेडिट रेटिङ्ग एजेन्सीबाट औसतभन्दा तल आधार जनाउने रेटिङ्ग प्राप्त गरेको छ। इन्स्योरेन्सको हकप्रदलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी आईपिओ ग्रेड ४’ ग्रेड दिएको हो।

ग्रेड ४ रेटिङ्गले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा तल आधार रहेको जनाउँछ ।

केयर नेपालले ग्रेड १ देखि ५ सम्मको ग्रेडिङ्ग प्रदान गर्दै आएको छ । ग्रेड १ ले सबैभन्दा बलियो आधार जनाउँदछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार रहेको संकेत गर्दछ। ग्रेडमा दिइने प्लस संकेतले सम्बन्धित ग्रेडिङ्गभन्दा तुलनात्मक रुपमा राम्रो भन्ने बुझिन्छ ।

इन्स्योरेन्सले चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रदको लागि रेटिङ्ग गराएको हो ।

इन्स्योरेन्स र केयर रेटिङ्गस् नेपालबीच रेटिङ्ग गर्नेबारे गत जेठ १ गते सम्झौता भएको थियो ।

डिसेम्बर १ १९९३ मा स्थापना भएको यस निर्जीवन बीमा कम्पनीको ३० वटा शाखा कार्यालय र १३७ इन्स्योरेन्स एजेण्ट,र २०१६ जुलाईसम्म एक अर्ब २७ करोड बराबरको सम्पत्ति रहेको छ । कम्पनीको सल्भेन्सी रेसियो ३.१२ रहेको छ । कुशल बोर्ड र व्यवस्थापन समूहका कारण ऋणात्मक जगेडा रहेको कम्पनीको जगेडा कोष हाल धनात्मक बनाउनु तथा लगानीबाट प्राप्त हुने आम्दानीमा वृद्धि हुँदै जानु सकारात्मक रहेको उल्लेख छ ।

उता कम्पनीको कुल र खुद बीमाशुल्क आर्जन घट्नु तथा करिब ८० प्रतिशत बीमालेखहरु गाडिमा मात्र केन्द्रीत रहनु कम्पनीको दुर्बल पक्ष रहेको बताइएको छ। नयाँ कम्पनी थपिएसँगै बढेको प्रतिस्पर्धा, र व्यवस्थापनमा छिटो छिटो भइरहने परिवर्तनले कम्पनीको समग्र वित्तीय प्रगतिमा असर गरेको र हाल रहेका २० निजीबन बीमा कम्पनीमध्ये १७ औं स्थानमा रहनुले पनि कम्पनीमा चुनौति पनि देखिन्छ। 

इन्स्योरेन्सले गत चैत २९ गते बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रद निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको थियो। हकप्रद जारी पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।