प्रोग्रेशिभ फाइनान्सको हकप्रद वितरण

May 21, 2019 Merolagani

प्रोग्रेशिभ फाइनान्सको हकप्रद शेयर वितरण भएको छ। फाइनान्सले २०७५ साउन २२ गतेसम्म कायम शेयरधनीलाई जारी गरेको २८१ प्रतिशत हकप्रद शेयर अभौतिकिकरण गराएका शेयरधनीको खातामा नै वितरण गरेको हो ।

हालसम्म पनि आफुसँग कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण (डिम्याट) गराएपश्चात निजहरुकै डिम्याट खातामा जम्मा गरिदिने फाइनान्सले जनाएको छ ।

यसैगरि शेयर कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र खातामा पठाउने फाइनान्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले जनाएको छ।

उक्त हकप्रद नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भैसकेकाले शेयरधनीले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

२८१ प्रतिशत हकप्रद बिक्रीपछि प्रोग्रेशिभ फाइनान्सको चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ९१ लाख मुनाफा गर्दै वार्षिक ४ रुपैयाँ १० पैसा प्रतिसेयर आम्दानी कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।