एलआईसीको अध्यक्षमा एमआर कुमार नियुक्त

May 21, 2019 merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले जेठ २ गतेबाट लागू हुने संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने नियम अनुरूप एमआर नेपालको लागि अध्यक्षमा नियुक्त भएका हुन् ।

अध्यक्ष एम.आरसंग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव छ ।   उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृत स्तरबाट सेवा शुरू गरेका थिए ।

यस अघि हेमन्त भार्गव संचालक समितिको अध्यक्ष थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।