लक्ष्मी बैंकको ९ लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन, साधारण सरह किनबेच हुने

May 22, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) को ९ लाख ५ हजार ५१२.४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ। नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले शेयर रुपान्तरलाई स्वीकृति दिएपश्चात नेप्सेले सो परिमाणको संस्थापक शेयर साधारणमा रुपान्तरण गरेको हो ।

संस्थापकबाट साधारणमा रुपान्तरण भएको ९ लाख ५ हजार ५१२.४५ कित्ता शेयर अब साधारण शेयर सरह खरिद बिक्री हुनेछ।

यससँगै लक्ष्मी बैंकको संस्थापक शेयर अनुपात ५१ प्रतिशत र साधारण ४९ प्रतिशत कायम भएको छ। चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख ९ हजार रहेको छ ।

बैंकले शेयर संरचना परिवर्तन गर्न धितोपत्र बोर्डबाट २०७५ माघ १७ गते र नेपाल राष्ट्र बैंकबाट २०७४ कार्तिक १५ गते स्वीकृति पाएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।