हिमालय ऊर्जाको शेयर कारोबार खुल्यो, ‘HURJA’ कारोबार संकेत प्रदान

May 22, 2019 Merolagani

हिमालय ऊर्जा विकास कम्पनीको जेठ ८ गते बुधबारदेखि नेप्सेमा शेयर कारोबार खुलेको छ। कम्पनीको शेयर कारोबारका लागि नेप्सेले एचयुआरजेए (HURJA) कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको शेयर अब यहि संकेतमा  कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । बुधबार त्यही आधारमा कारोबार खुल्नेछ । 

नेप्सेले कम्पनीको कारोबार खुला गर्दा प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको अधिकतम रेञ्ज प्रदान गर्ने गरेको छ ।

कम्पनीको साधारण शेयर सहित कूल ९९ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो ।

हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरि गत वैशाख ३ गते बाँडफाँड गरेको थियो । आईपिओमा अधिकांश आवेदकले २० कित्ता र ३ प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका थिए ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।