हुवावेलाई अमेरिकी प्रतिबन्धबाट ९० दिनको छुट

May 22, 2019 Merolagani

अमेरिकाले चिनीयाँ दुरसञ्चार कम्पनी हुवावेमाथि लगाइएको प्रतिबन्धमा ९० दिनसम्म छुट दिने निर्णय लिएको छ। अमेरिकाले ठूलो समस्यालाई रोक्नका लागि हुवावेलाई समय दिन आवश्यक रहेको भन्दै यस्तो निर्णय लिइएको बताएको छ ।

अमेरिकाले राष्ट्रिय सुुरक्षाको कारण देखाउँदै गत हप्ता मात्र हुवावेलाई एनटिटी सूचीमा राखिदिएको थियो । जसअनुसार, हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

अमेरिकी वाणिज्य सचिव विल्बर रोसका अनुसार, हुवावेलाई छुट दिएमा उसको उकरणमा निर्भर अमेरिकी र अन्य देशका कम्पनीहरूलाई लामो अवधिको निर्णय लिनसक्ने समय प्राप्त हुनेछ । यसबाट हुवावेको मोबाइल फोन प्रयोगकर्ताहरू पनि तत्कालका लागि चिन्तित हुन पर्दैन ।

हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको ?पमा रहेको छ । उसले कयौँ प्रविधि र उपकरण अमेरिकी कम्पनीबाट किन्दै आइरहेको छ ।

तर अमेरिकाले केही समय पहिलेदेखि नै चीनले हुवावेको उपकरणहरूका माध्यमबाट जासुसी गर्न सक्ने आरोप लगाउँदै आएको छ । उसले आफ्ना सहयोगी देशहरूलाई पनि हुवावेलाई वहिष्कार गर्नका लागि आग्रह गर्दै आइरहेको थियो ।

- एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।