एनआईसी एशिया बैंकको टोखा शाखा औपचारिक सञ्चालनमा

May 22, 2019 Merolagani

एनआईसी एशिया बैंकले जेठ ७ गतेदेखि टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको छ। बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा विस्तार गरेको हो।

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका थिए।

बैंकले देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका करिब १६ लाख ग्राहक छन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।