सिटिजन्स म्युचुअल फण्ड २ मा आवेदन खुला, ढिलोमा असार ८ गतेसम्म आवेदन गर्न सकिने

May 23, 2019 Merolagani

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ (CMF2) को इकाई जेठ ९ गते बिहीबार देखि खुल्ला भएको छ। प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशनमा ल्याइएको हो ।

कूल १० करोड इकाई मध्ये बीज पूँजी वापत न्युनतम १ करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो।

म्युचुअल फण्डको  इकाईमा छिटोमा जेठ १३ गते सोमबार सम्म आवेदन गर्न सकिनेछ। सो अवधिमा निष्काशित सबै इकाई बिक्री नभएको खण्डमा भने ढिलोमा असार ८ गतेसम्म आवेदन गर्न सकिन्छ।

फण्डमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा अनलाइनमार्फत मेरो शेयर सफ्वयर मार्फत गर्न सकिने व्यवस्था छ ।

इच्छुक आवेदकले न्यूनतम १०० इकाईका लागि एक हजार रुपैयाँदेखि अधिकतम २ करोड इकाई अर्थात २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन्। सिटिजन्स म्युचुअल फण्ड–२ को विशेषताहरु यस्ता छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।