सनराइज बैंकको गठ्ठाघर चारदोबाटोमा शाखा विस्तार

May 23, 2019 Merolagani

सनराइज बैंकले भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार गरेको छ। देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको बैंकले ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले शाखा विस्तार गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको बुधबार औपचारिक उद्घाटन गरेका हुन्।

गठ्ठाघरमा विस्तारित शाखा सामेत गरी बैंकको कूल शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले देशभर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना बनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।