आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, चुक्ता पूँजी अर्ब नाघ्ने

May 23, 2019 Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनी संचालक समितिको जेठ ९ गते बसेको ७७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९७ करोड ३० लाख रुपैयाँको ५ प्रतिशत बोनस प्रस्ताव गरेको हो। इन्स्योरेन्सकोे बोनस प्रयोजनको लागि लाग्ने कर भने शेयरधनी आफैले ब्योहोर्नु पर्नेछ । 

लाभांश पारित भएपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारण सभाले पारित गरेर सर्वसाधारणलाई वितरण हुनेछ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जगेडा कोषमा १९ करोड ४४ लाख रुपैयाँ र बीमा कोषमा २२ करोड ७९ लाख रुपैयाँ संचित रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २९.१५ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।