प्रभू बैंकको ५६ लाख ११ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण

May 23, 2019 Merolagani

प्रभू बैंक (PRVU) को ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ । बैंकको शेयर स्वामित्वमा संस्थापक ५५ प्रतिशत र सर्वसाधारणमा ४५ प्रतिशत बनाउन बैंकले शेयर रूपान्तरण गरेको हो । 

यस भन्दा पहिले बैंकको स्वामित्व ६१.३१ प्रतिशत संस्थापक र सर्वसाधारणमा ३८.६९ प्रतिशत रहेको थियो । 

संस्थापक शेयरको रूपमा करोबार भईरहेको ५६ लाख ११ हजार ८४५ कित्ता शेयर अब साधारण शेयर सरह खरिद बिक्री हुने भएको छ ।

शेयर रूपान्तरण सम्बन्धी प्रस्ताव बैंकले १७ औं वाषिक साधारण सभाबाट नै पारित गराइसकेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।