अनलाईन कारोबार प्रणालीमा बैंक इन्टिग्रेसन, आइतबारदेखि अनलाईनबाटै भूक्तानी सम्भव

May 24, 2019 Tirtha Raj Poudyal

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अनलाईन शेयर कारोबार प्रणालीमा बैंक इन्टिग्रेसन गरिएको जनाएको छ। नेप्सेको अनलाईन भूक्तानी प्रणालीमा नेपाल क्लियरिङ्ग हाउसलाई जोडेसँगै आइतबारबाट अनलाइनबाटै रकम भूक्तानी गर्न सकिने भएको हो।

नेप्सेका अनुसार बिहीबार भुक्तानी प्रणालीमा एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएको छ।

यससँगै पहिलो चरणमा लगानीकर्ताले खरिद गरेको शेयरको भुक्तानी ब्रोकर कार्यालय नगइकनै अनलाइन प्रणाली मार्फत ब्रोकर कम्पनीहरुलाई भूक्तानी गर्न सक्नेछन्।

लगानीकर्ताले ब्रोकर मार्फत बिक्री गरेको शेयरको भूक्तानी आफ्नै बैंक खातामा पाउन भने अझै केही समय पर्खनुपर्ने भएको छ। 

पहिलो चरणमा ब्रोकरलाई गरिने भुक्तानी प्रणालीको प्रयोग हेरेर छिट्टै दोस्रो चरणको लगानीकर्तालाई भुक्तानी हुने प्रणालीको सुरुवात गरिने नेप्सेले जनाएको छ। दोस्रो चरणसँगै नेपाल क्लियरीङ्ग हाउसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुबाट अनलाइन प्रणालीबाट सम्पुर्ण शेयर कारोबारको फस्र्यौट (भुक्तानी/प्राप्ती) सम्भव हुनेछ। यससँगै विश्वका जुनसुकै स्थानमा रहेका नेपाली नागरिकले अनलाईन मार्फत शेयर खरिद, बिक्री तथा राफसाफ गर्न सकिनेछ । यसले पूँजी बजारमा नयाँ एराको सुरुवात हुनेछ।

एनसीएचएलको तर्फबाट सक्नुपर्ने सम्पुर्ण कार्यहरु सकिएको नेपाल क्यलियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले मेरोलगानीलाई बताए।

पहिलो चरणमा लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख रुपैयाँ भुक्तानी गर्न सक्नेछन्। यदि सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ । कुनै एक बैंक एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिन्छ।

क्लियरिङ्ग हाउसको प्रणालीमा एकभन्दा धेरै बैंक खाता आबद्ध गर्न सकिने हुँदा लगानीकर्तासँग पाँचवटा बैंकमा खाता जोडएको खण्डमा एक महिनामा पचास लाखसम्मको भुक्तानी गर्न सक्नेछन्।

हाल कनेक्ट आईपिएसमा आबद्ध रहिरहेका ४८ बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाईनबाट कारोबार गर्न सक्नेछन् भने सो प्रणालीमा ७ संस्था आबद्ध हुने प्रकृयामा रहेका छन्। यसपश्चात ५५ वटाबाटै कारोबार हुनेछ भने दोस्रो चरणमा आईपिएस र एनसिएचएएल आईपिएस आबद्ध हुँदा ७ दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाईन कारोबार प्रणालीबाट भुक्तानी गर्न सक्ने क्लियरिङ्ग हाउसले जनाएको छ ।

यसरी अनलाईन कारोबार प्रणाली मार्फत रकम भुक्तानी गर्दा लगानीकर्ताले ५० हजार रुपैयाँ भन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ, पाँच सय देखि ५ हजारसम्म ५ रुपैयाँ र पाँच सय रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क क्लियरिङ्ग हाउसलाई तिर्नुपर्नेछ।

अनलाइनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र यसमा रहेका जोखिमलाई निराकरण गर्न नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सबै बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन शेयर कारोबारको राफसाफ प्रक्रिया अनलाइनबाटै शुरूवात भएको नेप्सेले जनाएको छ।

वि.सं २०७५ कात्तिक २० गतेदेखि थालिएको अनलाइन शेयर कारोबार प्रणालीमा भुक्तानी प्रणाली जोड्ने कार्य नेप्सले २ महिना यता गरिरहेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।