गरिमा विकास बैंकका ग्राहकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलेसी खरिद गर्नसक्ने

May 24, 2019 Merolagani

गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार गरिमा विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरूतथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गोबिन्द प्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।