नेपाल बङ्गलादेश बैंकको शाखा र्मिचैया र मलङ्गवामा

May 24, 2019 Merolagani

नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले जेठ ७ गतेबाट सिराहा जिल्लाको र्मिचैया र र्सलाहि जिल्लाको मलङ्गवामा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको हो।

उक्त शाखाहरुकोे औपचारिक समुद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्र बहादुर थापाले गरेका हुन्। त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

र्मिचैया र मलङ्गवा शाखाहरु सहित बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।