सिभिल बैंकको शाखा झापाको अर्जूनधारामा

May 24, 2019 Merolagani

सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा सञ्चालनमा ल्याएको छ। “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढेको बैंकको सो शाखाको उद्घाटन अर्जूनधारानगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका थिए।

सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग यूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए। 

सिभिल बैंकले आफ्ना तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा पनि बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताए।

सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ ।


comments powered by Disqus

धितोपत्र बोडद्धारा ७ दिनभित्र बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको प्रगति विवरण पेश गर्न नेप्सेलाई निर्देशन

Sep 15, 2019 06:46 PM

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागले बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको पछिल्लो प्रगति विवरण ७ दिनभित्र बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।विभागले भदौ २६ गते पत्राचार गर्दै बोर्डको निर्देशन तथा मुद्रा तथा पूँजी बजार समितिको दिएको सुझावमा आधारित रहेर नेप्सेसंग कार्यान्वयन नभएको बुँदाहरुको पछिल्लो प्रगति विवरण माग गरेको हो।