कार्ल्सवर्ग र लिभरपूलएफसीले साझेदारी ३१ औं सिजनमा विस्तारीत

May 24, 2019 Merolagani

कार्ल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई थप ५ वर्षको लागि विस्तारीत गरेका छन्। कार्ल्सवर्गले २०२३-२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ ।

यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दालामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र कार्ल्सवर्गले त्यति बेलादेखि नै यस टिमलाई प्रायोजन गर्दै आएको छ।

लिभरपूलको विश्वव्यापी साझेदार भएको नाताले काल्र्सवर्गले विश्वभरिका प्रशंसकको साथविश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टहरुको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तर जिवन्तता दिंदै आइरहेको छ र आइरहनेछ ।

यस विस्तारीत साझेदारीको बारेमा टिप्पणी गर्दा बिलिहोगन लिभरपूल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसरले भने, कार्ल्सवर्गसँगको हाम्रो बलियो साझेदारीलाई रेकर्ड बे्रकिङ्ग ३१ वर्षको लागिविस्तारीत गर्न पाउँदाज्यादै गौरवान्वित छौं ।

सन् १९९२ देखि नै हामी कार्ल्सवर्गसँगको लामो र इमान्दार साझेदारीको आनन्द लिइरहेका छौं र यो विस्तारीत साझेदारी क्लब र प्रतिष्ठित ब्राण्ड बीचको दृढ र ऐतिहासिक सम्बन्धको असली प्रमाण हो । कार्ल्सवर्गलाई लिभरपूल फुटबल क्लबको सदस्यकोरुपमा स्थापितभएकोमा हामीज्यादै खुशी छौं र हामीहाम्रो सम्बन्धलाई निरन्तररुपमा दृढ बनाउँदै लग्नेछौं ।

लिभरपूलकाप्रसिद्ध प्रबन्धकबिल स्यांक्लीको सबै जना रातो किटमा खेल्ने निर्णयलाई समर्थन गर्दै लिभरपूलका प्रशंसकहरुका लागि काल्र्सवर्गले रातो बोतल, रातो लेबलको साथै विशेष बियर उत्पादन गरी लिमिटेड–एडिशन ल्याइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।