बिहीबार एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएसँगै नेप्सेको अनलाईन कारोबार प्रणाली मार्फत अनलाइन रकम भूक्तानी सम्भव भएको हो।
पहिलो चरणमा ब्रोकर कार्यालय नगइ लगानीकर्ताले खरिद गरेको शेयरको भुक्तानी अनलाइन प्रणालीबाट मार्फत घर वा अफिममा नै बसेर ब्रोकर कम्पनीहरुलाई भूक्तानी गर्न सक्नेछन्। लगानीकर्ताले ब्रोकर मार्फत बिक्री गरेको शेयरको भूक्तानी पाउन भने दोस्रो चरणसम्म पर्खनुपर्नेछ ।
नेपाल क्लियरीङ्ग हाउसको कनेक्ट आईपिएसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुबाट अनलाइन प्रणालीबाट सम्पुर्ण शेयर कारोबारको फस्र्यौट गर्न सकिन्छ।
लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम भुक्तानी एक पटकमा प्रतिकारोबार एक लाख मात्र भुक्तानी गर्न सक्नेछन् । सो भन्दा धेरै रकम भुक्तानी गर्नुपर्नेमा पटक पटक गरेर भूक्तानी गर्नुपर्ने हुन्छ। कुनै एक बैंक एक खाताबाट प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न सकिन्छ ।
अनलाईन कारोबार प्रणाली मार्फत रकम भुक्तानी गर्दा लगानीकर्ताले ५० हजार रुपैयाँ भन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजार देखि ५० हजारसम्म १० रुपैयाँ, पाँच सय देखि ५ हजारसम्म ५ रुपैयाँ र पाँच सय रुपैयाँसम्मको लागि दुई रुपैयाँ शुल्क क्लियरिङ्ग हाउसलाई तिर्नुपर्नेछ ।
२०७५ कात्तिक २० गतेदेखि थालिएको अनलाइन शेयर कारोबार प्रणालीमा भुक्तानी प्रणाली जोड्ने कार्य नेप्सले २ महिना यता गरिरहेको थियो।