सिभिल बैंकको शाखा अब सुरुङ्गामा पनि

May 26, 2019 Merolagani

सिभिल बैंक (CBL) ले झापाको सुरुङ्गामा शाखा सञ्चालनमा ल्याएको छ । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको बैंकको सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गरेका हुन्।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कन्काई नगरपालिकाका मेयर पोखरेलले नेपाललाई समृद्धि तर्पm लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानीगर्नको लागि आवश्यक पूँजीको निर्माण गर्न आग्रह गरे। कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा उनले खुसी व्यक्त गरे।

सिभिल बैंकको सुरुङ्गा शाखा सहित यस बैंकको कूल शाखा संख्या ७५ पुगेकोे छ । यसअघि बैंकले झापाको अर्जुनधारामा शाखा विस्तार गरेको थियो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।