शेयर बजार राताम्मे हुँदा दोहारो अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

May 26, 2019 Merolagani

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से ११.९३ अंकले घट्दा १३०२.६१ विन्दुमा झरेको हो ।  यस दिन कारोबार रकम समेत खस्किएको छ ।

१६५ कम्पनीका २० लाख ५४ हजार २८६ कित्ता शेयर किनबेच भएर जम्मा ६२ करोड ६२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । यो बिहीबारको तुलनामा ३० करोड ६४ लाख रुपैयाँले कम हो । बिहीबार ९३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो ।

आइतबार करोबारमा आएका ११ उपसमुहहरु सबै नकारात्मक हुँदा नेप्से करिब १३ सय अंकमा झरेको हो । यस दिन जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ३८.०१ अंकले आरालो लागेको छ । यस्तै निर्जीवन बीमा ३५.०८, होटल ३२.३६, हाइड्रोपावर ३०.७१, विकास बैंक १४.६५, अन्य ११.७१, बाणिज्य बैंक ९.६, फाइनान्स ५.३८, माइक्रोफाइनान्स ५.१५, उत्पादन तथा प्रशोधन ०.७६ र म्युचुअल फण्डको सूचक ०.०२ अंकले नकारात्मक बनेका हुन् ।

आइतबार नेपाल बैंकको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै शिवम सिमिन्टको ४ करोड ७५ लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिमालयन डिस्टीलरी, कृषि विकास बैंक, एनसीसी बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

 

आइतबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । माइक्रोफाइनान्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । यस्तै एनएमबि माइक्रोफाइनान्सको शेयरधनीले ८.५८ प्रतिशले कमाएका छन् । हिमायलन उर्जा र माउन्टेन हाइड्रो नेपालको पनि शेयरमूल्य ३ प्रतिशतले सुधार भएको छ ।

शिवम सिमेन्ट, समता माइक्रोफाइनान्स, सिद्धार्थ इक्वीटी ओरेन्टेड स्किमको इकाई मूल्य, कन्काई विकास बैंकको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यता जोशी हाइड्रोपावरको शेयरमूल्य सबै भन्दा धेरै ९.७५ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टीलरीका शेयरधनीहरुले ७.९० प्रतिशतले गुमाएका छन् । यस्तै राधि विद्युत, अरुण काबेली, मल्टिपर्पस फाइनान्स र घलेम्दी हाइड्रोको पावरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।