काठमाडौंमा बम बिस्फोट, एक जनाको मृत्यु

May 26, 2019 Merolagani

काठमाडौंको सुकेधारामा सिलिन्डर बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । बिस्फोटमा परि ६ जना घाइते भएका छन् ।



सैलुनमा सिलिन्डर बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

यसै गरी अनामनगरमा पनि सिलन्डर बम बिस्फोट भएको छ । दुबै ठाँउमा प्रहरीले घेरा हालिसकेको छ । बिस्फोट पछि राजधानीमा सुरक्षा व्यवस्था कडा परिएको छ ।


comments powered by Disqus

अर्थमन्त्रीको अभिव्यक्तिको असर नेप्सेमा देखिएन, सातामा कारोबार भने २१% ले बढ्यो

Sep 20, 2019 05:43 PM

अर्थमन्त्री डा. युवराज खतिवडाको शेयर बजारप्रति सकारात्मक अभिब्यक्तिले पनि सातामा नेप्से परिसूचक सुधार हुन सकेन। पाँचै दिन खुलेको शेयर बजार दुई दिन उच्च अंकको वृद्धि देखिएपनि तीन दिन दोहोरो अंकले बजार घट्दा समग्र बजार परिसूचक नेप्से २.५८ अंकले घटेर ११५५.३० बिन्दुमा झरेको हो।