अमेरिकी प्रतिबन्ध कमजोरः हुवावे

May 27, 2019 Merolagani

चीनको विवादित दुरसञ्चार कम्पनी हुवावेका संस्थापक रेन झेंगफेईले हुवावेमाथिको अमेरिकी प्रतिबन्धलाई कमजोर भएको भन्दै अन्य देश यस मामलामा अमेरिकालाई साथ दिन तयार नभएको बताएका छन् ।

ट्रम्प प्रशासनले लामो समयदेखि आफ्ना यूरोपीय सहयोगी देशहरुसँग चीनको प्रविधि कम्पनीसँग कारोबार नगर्नका लागि आग्रह गर्दै आइरहेको छ । तर ती देशहरुले हुवावेसँगको कारोबार तोड्न सकिरहेका छैनन ।

रेनकी छोरी तथा हु्वावेकी उपप्रमुख तथा प्रमुख वित्तीय अधिकारी मेंग वाङगझोउ अझै पनि क्यानडाको हिरासतमा रहेकी छन् । उनलाई ईरानमाथि अमेरिकाद्धारा लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।

यसका अलावा अमेरिकाको वाणिज्य मन्त्रालयले चीनका साथ जारी व्यापार युद्धका बीच सुरक्षाको कारण देखाउँदै हुवावेलाई प्रतिबन्ध गरिदिएको छ । मन्त्रालयले अमेरिकी कम्पनीहरुलाई पनि हुवावेसँग दुरसञ्चार उपकरण खरिदमा रोक लगाएको छ ।

हुवावे प्रमुख रेनले हालैमा चीनको सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिकाको प्रतिबन्धबाट हुवावेको ५जी प्रविधिको सुरुवातमाथि कुनै पनि प्रकारको असर नपर्ने बताएका छन् । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।