मेरो माइक्रोफाइनान्सको लिलामीमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

May 28, 2019 Merolagani

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) को लिलामी शेयरमा बोलपत्र पेश गर्ने जेठ १४ गते मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले जेठ ७ गतेदेखि दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।

जेठ १३ गते सोमबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६०१ रुपैयाँ कारोबार भएको छ।

लिलामीमा न्यूनतम एक सय रुपैयाँ अंकित मूल्यबाटै लिलामी भर्न पाउने भएपनि दोस्रो बजारको दशदेखि १५ प्रतिशत मुनि मात्रै कटअफ मूल्य यसअघिका लिलामीमा निर्धारण हुँदै आएकाले त्यसतर्फ ध्यान जान आवश्यक देखिन्छ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट मंगलबार कार्यलय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

यसरी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो। सो हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा बिक्री नभएको सो परिमाणमा शेयर लिलामीमा आएको हो।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।