बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार आईपिओ खुलेको पहिलो दिन जेठ १३ गते सोमबार १३ लाख ५६ हजार कित्ता शेयरका लागि आवेदन परेको छ। ६० हजार ९७० आवेदकबाट सो परिमाणमा शेयर माग भएको हो।
लघुवित्तको आईपिओमा परेको यो आवेदन सर्वसाधारणबाट माग गरिएको शेयरको २.१२ गुृणा हो। लघुवित्तले म्युचुअल फण्ड र कमर्मचारीका लागि छुट्टाएर ६ लाख ४० हजार ३०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।
कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेकोमा ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ।
उक्त आईपिओमा जेठ १६ गते बिहीबारसम्म आवेदन दिन सकिन्छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। तर पहिलो दिनमै माग भन्दा दोब्बर बढी आवेदन परिसकेकाले दश कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ।