आदर्श लघुवित्त स्थापनाको एक वर्षमै मर्जर प्राप्तीको खोजी गर्दै

May 28, 2019 Merolagani

आदर्श लघुवित्त कम्पनी स्थापना भएको एक वर्ष नपुग्दै मर्जर प्राप्ती गर्न/जान इच्छुक देखिएको छ। बनेपामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त कम्पनीले उपयुक्त लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती दुबैमा बाटो खुला राखेको हो।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको संख्यात्मक भन्दा गुणात्मक विकासका लागि मर्जर प्राप्ती नीति अंगिकार गरेपश्चात लघुवित्त पनि मर्जर प्राप्तीमा इच्छुक देखिएको हो। 

लघुवित्तले असार ५ गते डाकेको प्रथम वार्षिक साधारण सभामा अन्य कुनै लघुवित्त गाम्भे/गाभिने तथा प्राप्तीसँग सम्बन्धित कार्य गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव छ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संसोधन, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, तथा लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।